बङ्गालको खाडीमा जवाद सामुद्रिक चक्रवात, प्रदेश–१ प्रभाव पार्न सक्ने

न्युजलय १८ मङ्सिर २०७८, शनिवार ११:३६ मा प्रकाशित

 काठमाण्डौ । बङ्गालको खाडीमा जवाद सामुद्रिक चक्रवात बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यसको प्रत्यक्ष प्रभाव नपर्ने तर वाग्मतीसहित प्रदेश–१ र दुईमा मौसम बद्ली भइ उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जनाएको छ ।

नेपालमा जवाद चक्रवातको असर आउँदो सोमवारदेखि क्रमशः कम हुँदै जानेछ । भोलिदेखि पुनः अर्को पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पर्नेछ ।

यसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।