इटहरी । इटहरी डेलिभरि सर्भिसले साउन २४ गते शैक्षिक सामाग्री वितरणगरी तेस्रो बार्षिक उत्सव मनाएको छ।
सर्भिसले इटहरी –८ स्थित हरिजन वस्तीका विपन्न परिवारका बालवालिकाहरुलाइ शैक्षिक सामाग्री साथै अन्य खेलकुदका सामाग्री वितरण गरेर तेस्रो वार्सिक उत्सव मनाएको हो ।
पुर्वी बजारमा युवा पुस्ता सङ्गसङ्गै अन्य पुस्तामा अनलाइन र बढ्दो प्रविधिको प्रयोगले यस व्यवसायलाई थप सहज बनाएको छ ।
यस व्यवसायले फास्ट्फुड, बेकरी, पेयपदार्थ, उपहार सामग्री साथै अन्य घरायसी प्रयोगको सामाग्री समेतको होम डेलिभरी सेवा दिदै आएको सस्थाको सञ्चालक निर्दिप काफ्लेले जानकारी दिएका छन् ।