११ सयले घट्यो सुनको मूल्य

न्युजलय ९ चैत २०७८, बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं  । बुधबार (आज) सुनको मूल्य एकै दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज ११ सयले घटेको हो ।

आज छापावाल सुनको मूल्य ११ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ ।