अफगानिस्तानका बाढीका कारण ६ जनाको मृत्यु

न्युजलय ३१ जेठ २०८०, बुधबार ०७:०० मा प्रकाशित

काठमाडौं । अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण छ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन ।

तालिवान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका विभिन्न प्रान्तमा आएको बाढीका कारण ६ जनाको मृत्यु भएको तथा दर्जनौँ घाइते भएको बताए । बाढीका कारण ३० घर ध्वस्त भएका छन् ।

अफगानिस्तानका धेरै प्रान्त बाढी र आँधीबाट प्रभावित भएका छन् । जसमा कुनार, नुरिस्तान, बदख्सान, पक्तिया, तखर, घोर र परवान पर्छन्।