आजको सुनको मूल्य

न्युजलय ९ पुस २०८१, मङ्गलबार १२:०२ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।