काठमाडौं । बिहीबार सुन चाँदीको भाउमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।