झापाबाट ब्राउनसुगर सहित एक जना पक्राउ

न्युजलय १२ पुस २०७८, सोमबार ०२:०६ मा प्रकाशित

झापा । बिर्तामोड–१ पूर्व शान्ति टोलबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २१ बर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित आईतवार बेलुका पक्राउ गरेको हो ।

पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।