रोल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, तीन घाइते

न्युजलय २८ कार्तिक २०७८, आइतबार १२:१३ मा प्रकाशित

दाङ । रोल्पामा आइतबार(आज) बिहान जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा थप तीनजना घाइते भएका छन् । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रोल्पा प्रहरीले मृतकको पहिचान भइनसकेको जानकारी दिए। जीपमा ६ जना यात्रु भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनास्थलमा खोजी कार्य जारी राखेको छ ।

माडी गाउँपालिका ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन।