काठमाडौं । सुनको भाउ सोमबार(आज) चार सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।