धरानमा आज र भोलि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०९:०९ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा आज र भोलि लगाइँदै छ ।


धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार आज वडा नं १ देखि १० सम्म र १६ नं वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाइनेछ ।


यसै गरी मङ्सिर ३ गते भोलि वडा नं ११ देखि १५ र वडा नं १७ देखि २० सम्म दोस्रो मात्राको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ ।


बिहान १० बजे देखि दिउसो ४ बजे सम्म सञ्चालन हुने सो खोप अभियानमा यस पटक धरानमा ९ हजार डोज खोप धरान उपमहानगरपालिकालाई उपलब्ध भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।