काठमाडौं । युवाहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आगजनीका साथै तोडफोड गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। सुरूमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन्।
यस्तै प्रदर्शनकारीहरूले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिक मन्त्री पृथ्वी सुब्बा गुरूङको निवासमा आगजानीका साथै तोडफोड गरेका छन्।
ललितपुरका प्रहरी प्रवक्ता चक्रराज जोशीले प्रदर्शनकारीहरूले ललितपुरको सुनाकोठीस्थित मन्त्री गुरूङको निवासमा आन्दोलनकारीहरूले आगजनीका साथै तोडफोड गरेका हुन् ।
बालकोटस्थित नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निवास अगाडि पनि आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका छन्। यसैगरी बुढानिलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास नजिकै पनि प्रदर्शनकारीहरूले आन्दोलन गरिहेका छन्।