तेह्रथुममा महिला बलात्कृत, एक जना पक्राउ

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०२:२३ मा प्रकाशित

तेह्रथुम । तेह्रथुममा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।