सुनको मूल्य घट्यो

न्युजलय ११ चैत २०८१, मङ्गलबार ११:२० मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज अघिल्लो दिनकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।