विवाह गर्दै अभिनेता सलोन र करिश्मा

न्युजलय २२ असोज २०७९, शनिवार ०३:१८ मा प्रकाशित

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसी वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

दुवैतर्फको पारिवारिक सहमतिमा सलोन र करिश्मा आगामी मंसिर १२ गते वैवाहिक जीवनमा बाँधिने भएका हुन् ।

३१ वर्षीय अभिनेता सलोन बस्नेत र २४ वर्षीया करिश्मा विगत ४ वर्षदेखि रिलेशनसीपमा छन् । करिश्मा पेशाले नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् ।