सुनचाँदीको मूल्य घट्यो

न्युजलय १७ माघ २०८२, शुक्रबार १२:२८ मा प्रकाशित

काठमाडौँ । आज सुन र चाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा दुवैको मूल्यमा गिरावट आएको हो। आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र चाँदीको मूल्य सात हजार ६५ कायम भएको छ।