छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

न्युजलय ३० मङ्सिर २०८२, सोमबार ०२:११ मा प्रकाशित

पाँचथर । छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन् ।

फाल्गुनन्द गाउँपालिका–७ खामेलक बस्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको हो।

वर्ण सिंहले आफ्नै घरको आँगनमा प्रेमराजलाई छुरा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।