सुनको भाउ बढ्यो

न्युजलय १६ असार २०८१, आइतबार ११:५० मा प्रकाशित

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० कायम भएको छ ।

यता चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।