काठमाण्डौ । चीनको युझोउ सहरमा कर्फ्यू घोषणा गरिएको छ । ३ जनामा कोरोना संक्रमण देखिएपछि हेनान प्रान्तको युझोउ सहरमा कर्फ्यू लगाइएको हो ।
१२ लाख जनसंख्या भएको सहरका सबै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ ।
यसअघि सो सहरमा केही दिनअघि बस तथा ट्याक्सी सेवा बन्द गरिएको थियो । त्यस्तै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय आकर्षणका क्षेत्रहरु पनि बन्द गरिएका थिए ।
चीनमा मंगलबार थप १७५ जनामा कोभिड देखिएको छ । तीमध्ये पाँच जना हेनान प्रान्तका छन् ।