काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुन प्रतितोलामा ६०० रुपैयाँ र चाँदी २५ रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सोही परिमाणको चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।