संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता

न्युजलय २१ साउन २०८३, बिहिबार ११:५२ मा प्रकाशित

काठमाडौं । संखुवासभामा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् ।

संखुवासभाको मकालु गाउँपालिका–५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा खाँदबारी–१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् । 

इदुवा हाइड्रोपावरमा सुपरभाइजरको रुपमा काम गर्ने निरौला साथीहरु सँगै खाना खाई हाइड्रोको आवासमा फर्कने क्रममा गएराति ११ बजे खोलामा बगेका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।