काठमाडौँ । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ बढेर तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार दुई सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।