काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले लाइभ दोहोरीमा अश्लील तथा छाडा शब्द प्रयोग गर्ने गायक/गायिकालाई सचेत गराएको छ ।
प्रतिष्ठानले आइतबार ‘लोकदोहोरी गीतको सुन्दरता, शिष्टता र शुद्धता’ विषयक एक दिवसीय वृहद छलफल एवं प्रतिबद्धता कार्यक्रम आयोजना गरी अश्लील तथा छाडा शब्द प्रयोग गरी लाइभ लोकदोहोरी गाउने गायक/गायिकालाई सचेत गराएको हो ।
प्रतिष्ठानले करिब डेढ दर्जन कलाकारलाई सचेत गराएको हो । छलफल कार्यक्रममा बोलाएर लोक गीतको शिष्टता र मर्यादा कायम राख्न प्रतिष्ठानले आग्रह गरेको हो । छलफलमा सहभागी भएका गायक/गायिकाले आउँदा दिनमा छाडा, अश्लील तथा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।