सुनचाँदीको मूल्यमा गिरावट

न्युजलय ३ पुस २०८१, बुधबार ११:४५ मा प्रकाशित

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो । 

आज छापावाल सुन तोलामा १ लाख ५० हजार ७ सय रुपैयाँ पर्नेछ । यसअघि भने १ लाख ५१ हजार ४ सय रुपैयाँ तोकिएको थियो । 

त्यस्तै, चाँदी तोलामा १ हजार ८ सय ३५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।