काठमाडौं । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेर एक लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार ३५५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।