आजको सुनको मूल्य

न्युजलय १२ माघ २०८०, शुक्रबार ११:३९ मा प्रकाशित

 काठमाडौं । शुक्रबार(आज) सुनचाँदीको मूल्य स्थिर छ।

जसअनुसार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ। बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।