घट्यो सुनको मूल्य

न्युजलय २६ मङ्सिर २०८०, मङ्गलबार ११:२२ मा प्रकाशित

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार (आज) पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आज सुन तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम छ । 

आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम छ । हिजो समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।