२०७९ पौष २० गते बुधबारको राशिफल

न्युजलय २० पुस २०७९, बुधबार ०७:०९ मा प्रकाशित

मेष । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

 

वृष । आज लामो समयदेखि रोकिएका र अपूर्ण कामहरू पूरा हुनेछन् । रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ, त्यसबाट दीर्घकालिक फाइदा पनि होला ।

 

मिथुन । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

 

कर्कट । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । प्रशासनिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

 

सिंह । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

 

कन्या । आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

तुला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तान पक्षको मायामा कमी आउला ।

 

वृश्चिक । आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

 

धनु । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

 

मकर । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

 

कुम्भ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ ।

 

मीन । आज चिन्ता हटेर मन हलुका हुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ, तर व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च बढ्न पनि सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।