बारम्बार पिसाब फेर्न एक अवस्था हो जसमा तपाई सामान्य भन्दा धेरै पटक पिसाब गर्न आवश्यक महसुस गर्नुहुन्छ।
बारम्बार पिसाब धेरै कारणले हुन सक्छ। जसमा मधुमेह, युरिन इन्फेक्सन, बढेको प्रोस्टेट आदि प्रमुख हुन्छन् ।
यस बाहेक धेरै मात्रामा तरल पदार्थ लिने, क्याफिनको सेवनले पनि बारम्बार पिसाब लाग्न सक्छ। सामान्य कारणले बारम्बार पिसाब लागेमा केही आयुर्वेदिक उपचारको सहायताले यसलाई निको पार्न सकिन्छ।
यदि तपाईलाई बारम्बार पिसाब लाग्ने समस्या छ तपाईले अमलाको प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि एक गिलास पानीमा २ चम्चा अमलाको जुस मिसाएर पिउन सक्नुहुन्छ ।
मेथीको दाना धेरै फाइदाजनक हुन्छ। यसको प्रयोगले बारम्बार पिसाब लाग्ने समस्यालाई धेरै हदसम्म निको पार्न सकिन्छ । चिकित्सकको सल्लाहमा केही दिनसम्म दैनिक उपभोग गर्नुहोस्। यसले तपाईलाई धेरै राहत दिनेछ।
आयुर्वेदमा अदुवाको प्रयोग धेरै तरिकाले गरिन्छ। बारम्बार पिसाब लाग्ने समस्यालाई पनि अदुवाको प्रयोग गर्न सकिन्छ । यसका लागि बिहान बेलुका २ चम्चा अदुवाको रस खानुहोस् । यसो गर्दा पिसाबको जलन र दुखाईमा आराम मिल्छ। तर पित्त प्रकृति भएका व्यक्तिले चिकित्सकको सल्लाहमा मात्रै सेवन गर्नुपर्छ ।