घोडेटार बजारको एक घरमा आगलागी

न्युजलय २६ भदौ २०८३, शुक्रबार ०४:२६ मा प्रकाशित

घोडेटार  । भोजपुरको हतुवागढी गाउँपालिका १ स्थित घोडेटार बजारमा आगलागी हुँदा एक घरमा क्षति भएको छ । 

आज बिहान करिब  ९ बजे स्थानीय सितारा राईको घरमा रहेको जुत्ता पसलमा आगलागी हुँदा डेढ लाख बढीको क्षती भएको हो । 

पसलमा पुजाको लागि बालिएको ममबत्ती ढलेर आगो सल्किएर आगलागी भएको वडाध्यक्ष कुमार बिस्टले जानकारी दिए । आगालागीको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यलय घोडेटारबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा बजारमा जडान गरिएको फायर रोल पाइम मार्फत आगो नियन्त्रणमा लिइएको हो । 

आगलागीबाट पसलका सामान र घरमा क्षती पुगेको छ । उक्त घटनामा मानवीय क्षती भने नभएको जनाइएको छ ।