काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य आइतबार(आज) स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य शुक्रबारकै मूल्य अर्थात एक लाख ३० हजार रूपैयाँमा नै कारोबार भइरहेको हो ।
आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य एक लाख २९ हजार चार सय रूपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्यसमेत स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदी एक हजार पाँच सय २५ मा कारोबार भइरहेको छ ।