काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १८.०७ अंकले बढेर २५६० अंकमा पुगेको छ ।
सोमबार बजारमा उतारचढाव भने सामान्य रह्यो । दिनभर नेप्से न्यूनतम २५४२ अंकदेखि अधिकतम २५६५ अंकसम्म पुगेको थियो ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज कारोबार भएका कम्पनीमध्ये १९५ वटाको सेयर मूल्य बढ्दा ७९ वटाको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।