सुन अहिलेसम्मकै महँगो

न्युजलय २७ असोज २०८२, सोमबार ११:५७ मा प्रकाशित

काठमाडौं । सोमबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले महँगिँदै प्रतितोला दुई लाख ४० हजार ४ सय रुपैयाँ पुगेको हो । यो हालसम्मको सबैभन्दा महँगो मूल्य हो ।

आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भई तीन हजार दुई सय २० रुपैयाँमा पुगेको छ ।