काठमाडौंँ । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईंको स्वर रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ ।
भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङछ ।
प्रशंसा रायमाझी निर्देशित गीतको भिडियोमा सज्जाकै अभिनय देख्न सकिन्छ ।
गीत सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक भएको हो ।