घट्यो सुनको मूल्य

न्युजलय २३ बैशाख २०७९, शुक्रबार ११:३६ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँ निर्धारण गरिएको हो। यसअघि बिहीबार प्रतितोला सुनको मूल्य ९८ हजार ६ सय कायम गरिएको थियो।

यस्तै, तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। 

बिहीबार चाँदी प्रतितोलाको १३ सय ०५ रुपैयाँमा किनबेच भएको थियो।