कास्कीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते

न्युजलय १४ मङ्सिर २०७८, मङ्गलबार ०८:५१ मा प्रकाशित

पोखरा । सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । ५ जनाको उद्धार गरी पोखराका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । 


लु१ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ ब जेर५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।


उनका अनुसार एकजना यात्रु बसले किचिएको अवस्थामा रहेका छन् । तत्कालै हेभी इक्विपमेन्ट नभएकाले अहिले उनलाई जमिन खनेर निकाल्ने प्रयास भइरहेको छ । बसले किचिएका व्यक्तिको अवस्था क्षतविक्षत रहेकाले जीवितै उद्धार गर्न सकिने अवस्था नरहेको उनले बताए ।