काठमाडौं । ऋचा शर्मा र भोलाराज सापकोटा अभिनीत फिल्म ‘कौसिद’ को ट्रेलर सार्वजनिक गरिएको छ।
सोमबार ओएसआर युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यो फिल्मलाई कुमार भास्करले निर्देशन गरेका हुन्।
केदार भुषालको लगानी रहेको फिल्ममा ऋचा र भोलाराजसँगै रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारको अभिनय छ।
फिल्मका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन्।
निसाल पौडेलले छायांकन गरेको फिल्मलाई भीम विश्वकर्माले सम्पादन गरेका हुन्। फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ। फिल्म असोज २६ गतेदेखि प्रदर्शन हुनेछ।