काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार (आज) पनि सुनको मूल्य बढेको जानकारी दिएको छ ।
महासंघले आज सुन तोलामा २०० रुपैयाँले उकालो लागेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ छ ।
आज चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदीको कारोबार १४ सय १५ रुपैयाँमा भइरहेको छ ।