इटहरी । इटहरी उप महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था थप दुई दिन विदा दिने निर्णय गरेको छ ।
केही दिनदेखि चिसो मौसममा सुधार नआएपछि निजी तथा सामुदायिक विद्यालयको विदा थप गरेको हो ।
उपमहानगरले गत शुक्रबारसम्मको लागि तीन दिन विदा घोषणा गरेको थियो । मौसममा सुधार नआए पछि माघ ७ र ८ गते पनि विदा दिने निर्णय गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।