खोटाङमा डुबेर एक जनाको मृत्यु

न्युजलय ३ साउन २०८०, बुधबार १२:२६ मा प्रकाशित

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । 

स्थानीय पञ्चकाली पशुपालन समूहले बनाएको सिंचाइ पोखरीमा डुबेर ६२ वर्षीय केशरमान राईको मृत्यु भएको  प्रहरीले जनाएको छ । 

मंगलबार दिउँसो एक बजेतिर पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय निशान राईले केशरमानलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।