काठमाडौँ । आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो ।
त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ तोकिएको छ ।