सुन मूल्य घट्यो

न्युजलय १६ फाल्गुण २०८१, शुक्रबार ०२:०५ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।