काठमाण्डौ । भारत सरकारले महिलाका लागि विवाह गर्ने न्यूनतम उमेर हद २१ वर्ष तोकेको छ ।
यस अघि विवाहका लागि पुरुषको उमेर २१ वर्ष र महिलाको उमेर १८ वर्ष रहेकोमा अब महिला र पुरुष दुबैको न्यूनतम उमेर २१ वर्ष तोक्ने निर्णय भएको बीबीसी हिन्दीले जनाएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कानुनमा संशोधनपछि नियम लागू हुनेछ । यस अघि सन् १९९५ मा बनाइएको कानुनले विवाहको लागि महिलाको न्यूनतम उमेर १८ वर्ष तोकेको थियो । सरकारले बनाएको एउटा समितिले महिलाको विवाहको उमेर हद पुरुषसरह बनाउन सिफारिस गरेको थियो ।
सरकारको निर्णयको मुस्लिम समुदायले भने विरोध गरेका छन् । इण्डियन युनियन मुस्लिम लिगले सरकारको निर्णयको विरोध गर्दै यो नियम मुस्लिम समुदायमाथिको अतिक्रमण भएको आरोप लगाएको बीबीसी हिन्दीले जनाएको छ ।