इटहरी । उद्योग वाणिज्य संघ इटहरीले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा २२८ प्रिन्ट रगत संकलन भएको छ । अस्पताल तथा ब्लडबैंकहरूमा रगत अभाव देखिन थालेपछि संघले कार्यक्रम गरेको अध्यक्ष जीवन पराजुलीले बताए ।
कार्यक्रममा इटहरी उपमहानगरका उद्योगी, व्यवसायी, सुरक्षा निकायका अधिकारी, नागरिक समाज, बुद्धिजिवी, शिक्षक, कर्मचारीलगायत उद्योग वाणिज्य संघका पदाधिकारीले सहभागीता जनाएका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आपतकालिन अवस्थामा आयोजित रक्तदान कार्यक्रमले अस्पतालमा रगत नपाएर छटपटिएका बिरामीहरूलाइ नयाँ जिवन प्रदान गर्ने उल्लेख गरे । कार्यक्रमका विशेष अतिथी इटहरी उपमहानगरका कार्यवाहक मेयर दिवस पोख्रेललेसमेत संघको कार्यको सह्रना गरेका थिए ।