काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।
आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ७० मा खरिद बिक्री हुनेछ ।