दमकमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

न्युजलय १५ भदौ २०८०, शुक्रबार १२:५९ मा प्रकाशित

झापा । दमक नगरपालिका–२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका–५ चपेटी घर भएका हिमाल राईको  चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ३५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।