काठमाडौं । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ का विजेता भरतमणि पौडेलले आफूले पाउने रू २५ लाखमा १४ लाख मात्र पाएको बताएका छन्।
हिमालय टेलिभिजनमा प्रस्तोता गोपिकृष्ण चापागाईंसँगको अन्तर्वार्तामा उनले रू १४ लाख २५ हजार मात्र प्राप्त गर्दा अचम्मित भएको बताए।
‘कमेडी च्याम्पियन’ मा विजेतालाई २५ लाख र कार उपहारको घोषणा गरिएको थियो। भरतमणिले आफूले २५ लाख नै पाउने अपेक्षा गरेका थिए। ‘२५ लाखबाट आकस्मिक लाभकर काटिएर १४ लाख २५ हजार आउने रहेछ भरतमणिले भने।
पहिलो सिजनका विजेता हिमेश पन्तले पनि त्यति नै पाएको भरमणिले बताए। उपहारमा पनि झण्डै आधा जति रकम काटेर दिएकोमा उनको गुनासो थियो।
यस्तै भरतमणिले गाडी पनि अझै आफ्नो नाममा नआएको बताए। ‘पैसा पाएँ तर गाडी आफ्नो नाममा आएको छैन्’ उनले बताए ।