काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा भ्रष्टाचार भएको भन्दै छानबिन सुरु भएको छ । उपकरण खरिदमा अत्याधिक बढी मूल्य देखिएपछि छानविन सुरु गरिएको हो ।
भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाम सिल गरी दूरसञ्चारसम्बन्धी सर्भर, ल्यापटप र मोबाइलमा छानबिन अघि बढाएका हुन् । करिब १ अर्ब १५ करोड रुपैयाँ खर्च गरि किनिएका सामानमा भ्रष्टाचार भएको आशंका गरिएको छ ।
१ सय ९ थान सर्भर, २ वटा ल्यापटप र ८ वटा मोबाइल सेट लेबनान हुँदै भदौ २१ मा ल्याइएका थिए । यी सामानको खरिद मूल्य ८८ लाख १२ हजार ८ सय ८६ अमेरिकी डलर देखाइएको छ ।
ल्यापटपको मूल्य मात्रै प्रतिथान ५० हजार अमेरिकी डलर (६५ लाख १४ हजार ५ सय रुपैयाँ) देखाइएको छ ।