सुनको मूल्य बढ्यो

न्युजलय १९ माघ २०८०, शुक्रबार १२:२२ मा प्रकाशित

काठमाडौं। शुक्रबार(आज) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन शुक्रबार तोलामा ३ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।