काठमाडौं । आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा करोबार भएको थियो ।
आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको छ । आज चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।