प्रदेश १ मा आज २६ जनामा कोरोना पुष्टि

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार ०९:२६ मा प्रकाशित

इटहरी । प्रदेश १ मा आज २६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९ महिला र १२ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।